भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य घटेर आएको छ ।

सोमबार आयल निगमलाई प्राप्त नयाँ मूल्य सूचीअनुसार भारतबाट पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर आएको छ ।

यस्तै हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपीजी ग्याँसमा प्रतिसिलिण्डर ७८ रुपैयाँ घटेर आएको छ ।

भारतबाट मूल्य घटेर आए पनि नेपालमा मूल्य घट्ने नघट्नेबारे बोर्ड बैठकले निर्णय गर्ने निगमले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर