भन्सार छलेर ल्याएको १० लाख बढीको रेडबुल र बदाम जुससहित दुई जना पक्राउ

भन्सार छलेर भारतबाट चोरीपैठारी गरी नेपाल भित्र्याइएको १० लाख बढी मूल्यको सामानसहित रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पड्षरीबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाडी चालक कास्कीको पोखरा महानगरपालिका–२३ का २७ वर्षीय दामोदर चापागाईं र गाडीमा सवार स्याङ्जाको वालिङ नगरपालिका–१४ का २८ वर्षीय विशाल तिवारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

आइतबार बेलुका ७ बजे भारतबाट नेपालतर्फ भन्सार छली गरी चोरीपैठारी गरेर सामान ओसारपसार हुँदेछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले स्थानीयको रोहवरमा उनीहरू सवार ग २ च ४६९७ नम्बरको बोलेरो गाडीसहित गाडीमा लोड गरेर ल्याइएको रेडबुल ११२ कार्टुन (३०० पिस ) र बदाम जुस १५४ कार्टुन (१८४८ पिस) बरामद गरेको छ । बरामद समानको मूल्य १० लाख १५ हजार १२० पर्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर