अमेरिकी ड्रोन आक्रमणमा मारिए अल कायदा नेता आयमान अल जवाहिरी

अमेरिकी ड्रोन आक्रमणमा अल कायदाका नेता आयमन अल जावाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो बाईडेनले अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा अल जावाहिरी मारिएको पुष्टी गरे ।
सिआईएले आइतबार राजधानी काबुलमा ड्रोन आक्रमण गरि अलजवाहिरी मारेको बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले जवाहिरीले अमेरिका जनताविरुद्ध हत्या र हिंसाको मच्चाउँदै आएको बताए । ‘न्याय दिइएको छ र आतंकवादी नेता बाँकी रहेनन्’ लादेनले आफ्नो सम्बोधनमा भने ।
अमेरिकी अधिकारीहरुले राजधानी काबुलमा जवाहिरी बस्दै आएको सेफ हाउसमा ड्रोनमार्फत २ वटा क्षेप्यास्त्र प्रहार गरिएको जनाएका छन् । सेफ हाउसको बालकोनीमा रहँदा जवाहिरीमाथि ड्रोनबाट २ वटा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ । परिवारका अन्य सदस्यहरु त्यही घरमा रहे पनि उनीहरुलाई कुनै चोट नलागेको र जवाहिरी मात्रै मारिएको बताइएको छ ।
राष्ट्रपति बाइडेनले महिनौदेखि बनाएको योजनापछि जवाहिरी मारिएको बताएका छन् । यो कार्यान्वयनमा अन्तिम आदेश आफू दिएको बाडडेनले बताए ।
सन् २०११ बिन लादेन अमेरिकी आक्रमणमा पाकिस्तानमा मारिएपछि जवाहिरीले अल कायदाको नेता बनेका थिए । जवाहिरी र लादेन योजना सन् २००१ सेप्टेम्बरमा अमेरिकामाथि आक्रमण गरिएको थियो । त्यस यता अमेरिकाले उनीहरुलाई ‘मस्ट वान्टेट टेरोरिस्ट’सूचीमा राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर