संसद्मा महेश बस्नेतको व्यंग्य : अर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु

नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरूलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन् ।

उनले अर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु भन्दै संसद्मै व्यंग्य गरे ।

उनले अर्थमन्त्री शर्माप्रति ‘जनताले सबै मूल्यांकन गरेको छ, महँगी र भ्रष्टाचार अनियमितता कुशासनको हिसाब गर्नेछन्, जनता विचलित देशविरोधी गठबन्धन कमजोर हुने र निर्वाचन आउँदैछ’ भन्दै कटाक्ष गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर