भारत सरकारको अनुदान सहयोगमा नुवाकोटको विदूर नगरपालिकामा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा नुवाकोटको विदूर नगरपालिकमा निर्माण भएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।

मंगलबार भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीले उक्त विद्यालय भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनपश्चात् जिल्ला समन्वय समितिले विदूर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको छ ।

कार्यक्रममा विदूर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको रु.२ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रूपमा उक्त विद्यालय भवन निर्माण भएको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरुरू मध्येको एक रहेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशूली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर केआई सिंहले यस विद्यालयको डिजाइन गरेका हुन् । यस विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत छात्रा छन् ।

भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरूलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने राजदूतावासले विश्वास लिएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर