
६ लाख घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिवको गाडीबाट थप १६ लाख ५० हजार बरामद

६ लाख घुससहित रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार नगद बरामद भएको छ ।
मंगलबार प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचना र उजुरीका आधारमा अख्तिायर दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई सो रकमसहित रंगेहात समातेको थियो ।
काठमाडौं महानगरपालिका–१ मनकामना मार्गस्थित होटल अरन्या कम्पाउण्डबाट पक्राउ परेका उनको गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उपसचिव नेपालमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
- बजेट सुनिश्चित नभएसम्म निजगढमा रुख काट्न दिइन्न : वनमन्त्री यादव
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
प्रतिक्रिया