१० वर्षपछि नेपाली बैंकको पक्षमा चिनियाँ अदालतको फैसला, डेढ अर्ब फिर्ता पाउने

चीनमा १० वर्षपछि नेपाली बैंकले मुद्दा जितेका छन् । मेलम्ची खानेपानी आयोजनाको बैंक जमानतसम्बन्धी मुद्दामा चीनको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाण्डूको पक्षमा फैसला गरेको हो ।

योसँगै चाइना कन्स्ट्रक्सन बैंकले काउन्टर जमानतबापत यी दुई बैंकलाई एक अर्ब ६० करोड तिर्नुपर्ने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको चीनको चाइना रेल्वेले कम्पनीको ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले दिएको थियो भने त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बैंक आफ काठमण्डूले दिएका थिए ।

चाइना रेल्वेले सम्झौताअनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीबापतको रकम नेपाली बैंकबाट लिएको तियो । तर, काउन्टर ग्यारेन्टीकापत चिनियाँ बैंक चाइना कन्सट्रक्सन बैंकले दिनुपर्ने रकम नदिएपछि दुवै बैंक कानुनी प्रक्रियामा गएका थिए ।

सन् २००९ मा मेलम्ची खानेपानी आयोजना र चिनियाँ निमार्ण कम्पनी चाइना रेल्वे बीच २००९ मा ठेक्का सम्झौता भएको थियो । तर, उक्त सम्झौता २०१२ मा आएर तोडिएको थियो ।

ठेक्का तोडिएसँगै मेलम्ची खानेपानी आयोजनले बैंक ग्यारेन्टीबापतको रकम हिमालयन र बैंक अफ काठमाण्डूबाट लिएको थियो । तर, काउन्टर ग्यारेन्टी दिएको दुबै बैंकलाई ठेकेदार कम्पनीको ग्यारेन्टी बसेको चिनियाँ बैंक कम्पनीले काउन्टर ग्यारेन्टी वापतको रकम भुक्तानी नगरेपछि बैंकहरू अदालती प्रक्रियामा गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर