कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय जनता पार्र्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

भारतको नयाँ दिल्ली पुगेका नेता निधिले भारतीय जनता पार्टीको कार्यालयमा नयाँ दिल्लीमा मंगलबार बिहान चौथाइवालेसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्र्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको नेता निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।

भेटमा पूर्वउपप्रधानमन्त्री निधिले राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धिमूलक भएको बताएका थिए ।

नेता निधिले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रूपमा थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

भारतीय जनता पार्र्टीका विदेश विभाग प्रमुख चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्त्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर