मंसिर ४ मा संसदीय निर्वाचन गर्ने गठबन्धनमा सहमति, आउँदो मन्त्रीपरिषद् बैठकले मिति तोक्ने

सत्तारुढ गठबन्धनमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको छ ।

सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका विभिन्न मितिमा छलफल भएको र मंसिर ४ गते नै गर्ने भन्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको बैठकमा सहभागी एक नेताले बताए ।

‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएर मंसिर ४ गते नै निर्वाचन गर्ने भन्ने विषयमा समझदारी बनेको छ,’ ती नेताले भने, ‘अब बस्ने मन्त्रीपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने पनि समझदारी बनेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर