आन्तरिक राजस्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ ३० हजार घुससहित पक्राउ

आन्तरिक राजस्व कार्यालय, महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार घुससहित पक्राउ परेकी छन् ।

प्रधानले कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर