मन्त्रिपरिषदको बैठक बस्दै, मंसिर ४ मा चुनाव गराउने निर्णय हुने

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्ने मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गते आमचुनाव गर्ने औपचारिक निर्णय लिने छ । यसअघि सत्तारुढ गठबन्धनबीच बुधबार भएको बैठकमा मंसिर ४ मा चुनाव गर्ने सहमति भएको थियो।

२०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक आमचुनाव हुन लागेको हो । यसअघि २०७४ मंसिर ११ र २१ मा दुई चरणमा चुनाव भएको थियो ।
मंसिर ४ मा आमचुनावको मिति घोषणा गर्ने तयारी भएको भनि चर्चा भएपनि त्यस विषयमा औपचारिक निर्णय हुन सकेको थिएन् । निर्वाचन आयोगले एकैचरणमा चुनाव गर्ने सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *