स्रोत नखुलेको साढे ४९ लाख रकमसहित काठमाडौंबाट एक जना पक्राउ

स्रोत नखुलेको साढे ४९ लाख बढी रकमसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।

गोरखा चुमनुब्री गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ तिनचुली बगलामार्ग बस्दै आएका २४ वर्षीय धावा घ्याल्चेन स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रुपैयाँसहित बुधबार दिउँसो पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–६ भृकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रुपैयाँसहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रुपैयाँ फेला पारेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर