सप्तकोसी बाढी पीडितले पाए प्रदेश सरकारबाट राहत

पानीको बहाव बढेपछि सप्तकोसी नदी कटान हुँदा प्रभावित भएकाहरूले प्रदेश १ सरकारबाट राहत पाएका छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो ।

बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानवबस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ ।

मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । ‘हामी यहाँका नागरिकलाई खानले मर्न दिन्नौं, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ ।’ मन्त्री कार्कीले भने, ‘स्थानीय सरकारले नागरिकलाई सुरक्षित ठाउँको पहिचान गर्ने तथा संघसंस्थालगायत सबै नागरिक जिम्मेवार बनेर विपद्को प्रतिकार्यमा जुटौं ।’

बुधबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कार्की, सडक पूर्वाधार तथा शहरी विकासमन्त्री हिमाल कार्कीसहित उदयपुर सुनसरी, मोरङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरू घटनास्थलमा नै पुगेर सरकारी संयन्त्रलाई परिचालित गराई विपद्मा फसेकाहरूलाई उद्धार गराएका हुन् ।

अहिले कोसीले बाँध भत्काएर मानवबस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोसी बग्ने गथ्र्यो । २०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर