कर्मचारीमाथि दुर्व्यवहार आरोप लागेका वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

कर्मचारीमाथि दुर्व्यवहार गरेको लगायत आरोप लागेका उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

यसअघि ट्विनअटर विमान भाडामा दिँदा कानूनी आधार र औचित्य बाहिर गएको, साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगी वित्तीय हानी पुर्‍याएको, सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई टिकट बिक्रीको जिम्मा दिएको, जसमा अधिकारी आफैंले लाभ लिएको, निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको, पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।

यी सबै विषयमा चित्तबुझ्दो जवाफ नदिएको र कर्मचारीमाथि दुर्व्यवहार गरेको विषयमा उनीमाथि छानबिन गर्नका लागि समितिसमेत गठन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर