प्रहरीकै संलग्नतामा चिनियाँ नागरिकको अपहरण

काठमाडाैंमा चिनियाँ नागरिकको अपहरण गरेको घटनामा प्रहरीकै संलग्नता रहेको खुलेको छ ।

बुधबार साँझ एक चिनियाँ नागरिकको अपहरण गरी एक करोड फिरौती माग गरेको आरोपमा ६ जना नेपाली नागरिक पक्राउ परेका थिए । चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका ६ जनामध्ये दुई जना प्रहरी रहेको खुलेको हो । एक जना उच्च अदालत पाटनका न्यायाधीशका पीएसओ कर्ण गुरुङ र अर्का प्रहरी वृत्त बालाजुका घुमुवा प्रहरी शिव सुनुवार रहेको खुलेको हो ।

त्यस्तै अन्य पक्राउ परेकाहरूमा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय विशाल मगर, २७ वर्षीय विनोद केसी र २९ वर्षीय रोहित मगर छन् ।

लाजिम्पाटको फ्ल्याट भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिकलाई बुधबार राति अपहरण गरेर गोंगबुको एक गेस्ट हाउसमा पुर्‍याएर फिरौती मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *