सीट बाँडफाँटको विषयमा गठबन्धनको बैठक, कसको कति स्थानमा दावी

चुनावको मिति घोषणासँगै सत्ता गठबन्धनमा रहेका दलहरु सीट बाँडफाँटको विषयमा छलफल गर्न जुटेका छन् । सीटको बाँडफाँटसहित विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान बैठक बोलाए छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव गराउने निर्णय गरेको थियो । त्यस लगत्तै निर्वाचन आयोगले पनि चुनावका लागि आवश्यक तयारी शुरु भैसकेको जनाएको छ ।
कांग्रेस मंसिर ४ मा हुने प्रतिनिधसभा र प्रदेशसभाको चुनावमा एकल बहुमत ल्याउने गरि गठबन्धनलाई कायम गराउन चाहन्छ । अर्कोतर्फ नेकपा माओवादी केन्द्रसहित गठबन्धनका अन्य दलहरु भने चुनावपछि बन्ने सत्ता गठबन्धनमा आफ्नो भूमिका महत्वपूर्ण हुने गरी सीट फाँटफाँड गर्न चाहन्छन् । त्यसका लागि गठबन्धनभित्र कांग्रेस बाहेकका अन्य दलहरुकाे उप गठबन्धन बनाउने कोसिस भइरहेको छ । कांग्रेस प्रतिनिधि सभा अन्तर्गत प्रत्येक निर्वाचित हुने १ सय ६५ सीट मध्ये कम्तीमा सय स्थान आफूसँग राख्न र बाँकी ६५ स्थान सत्ता गठबन्धनका अन्य दललाई छाड्न चाहन्छ । तर गठबन्धनक अन्य दलहरुको दावी भन्ने ८५ स्थानको छ ।
गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र,  एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा रहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटनको विरुद्ध तयार भएको गठबन्धनले बैशाख ३० गते भएको स्थानीय तह चुनावमा पनि तालमेल गरेका थिए । तर त्यसले महानगरपालिका र उप महानगरपालिका बाहेक अन्यत्र उल्लेखनीय प्रदर्शन गर्न सकेको थिएन । चुनावको समीक्षाको क्रममा गठबन्धनभित्रको दलहरुले एकले अर्कोमाथि धोका दिएको आरोप पनि लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *