चिनियाँ विदेशमन्त्रीले भने- हामी १९ औं शताब्दी जस्तो कमजोर छैनौं

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले विश्वका प्रमुख औद्योगिक समूह ‘जी सेभेन’ लाई चीनलाई १९ औं शताब्दीको अवस्था जस्तो अवस्थामा  नसम्झिन चेतावनी दिएका छन्।

जी सेभेनका विदेशमन्त्रीहरुले जारी गरेको विज्ञप्तिको कडा शब्दमा आलोचना गर्दै विदेशमन्त्री वाङले त्यो इतिहास दोहोरिन नदिने बताए । विदेशमन्त्री वाङले भनेका छन् – आजको चीन १९ औं शताब्दीको चीन होइन । हामी इतिहासलाई दोहोरिन दिने छैनौं ।

कम्बोडियाको राजधानी न्हेम्पेनमा आयोजित दक्षिण पूर्वी एशियाली राष्ट्रिहरुको संगठन (आसियान)को विदेशमन्त्रीहरुसँगको साइडलाइन भेटवार्ताहरुमा उनीले चीनको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

‘वान यीले ताइवानमा अमेरिकाले समस्या सिर्जना गरेको र अमेरिकाले त्यसलाई तनावलाई बढाउँदै लगेको बताएका छन्,’ चीनले भनेको छ, ‘उनले अमेरिकाका खुला उत्तेजक गतिविधिले कुटिल नजिर हो । त्यसलाई सच्याउन वा प्रतिरोध नगर्ने हो भने आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने सिद्धान्त कसरी कायम रहन्छ ? कसरी अन्तर्राष्ट्रिय कानूनकोो रक्षा हुन्छ ?  कसरी यस क्षेत्रमा शान्ति सुनिश्चित हुन्छ ?’

वाङ यीले सी सेभेन विदेशमन्त्रीहरुको विज्ञप्तिलले यथार्थ परिवर्तन गर्न खोजेको, सही वा गलतमा अन्यौलमा देखिएको, चीनले आफ्नो सार्वभौतिकता र क्षेत्रीय अखण्डतालाई सुरक्षित गर्न चालेको वैधानिक कदममाथि आधारहीन आरोप लगाएको बताएका छन् ।

‘उनीहरुलाई यस्तो अधिकार कसले दियो ? कसले त्यस्तो गर्न हामी हकदारी हौ महसुस गराउँछ ? आफ्नो अधिकारी रक्षा गर्ने र अपराध गर्नेलाई प्रतिरक्षा गर्नु मुर्खतापूर्ण कार्य होइन ?’ चिनियाँ विदेशमन्त्री वाङले प्रश्न गरेका छन् ।

अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि आक्रोशित भएकव चीनले ताइवानलाई घेरा हालेर ५ दिने सैनिक अभ्यास शुरु गरेको छ ।

अमेरिका, बेलायत, क्यानाडा, फ्रान्स, इटली, जापान र युरोपेली सघका विदेशमन्त्रीहरुले संंयुक्त विज्ञप्ति जारी गर्दै चीनले अनावश्यक रुपमा तनाव बढाएको आरोप लगाएका थिए । उनीहरुले पेलोसीको अमेरिका सांसदका अन्य सदस्यहरुले गरेको जस्तै भ्रमण भएकोमा जोड दिएका थिए ।

विदेशमन्त्रि वाङले जी सेभेनको यो गलत कार्यप्रति चिनियाँ जनतामा आक्रोश रहेको बताएका छन् । ‘चीन र अन्य कुनै पनि राष्ट्रहरुले कठिन संघर्ष तथा ठूलो त्यागबाट सार्वभौमिकता र स्वतन्त्रता प्राप्त गरेको हुन्छ’ विदेशमन्त्री वाङले भनेका छन्, ‘त्यो विषयलाई अनाधिकृत रुपमा उल्लंघन हुन उनीहरुले दिने छैनन् । ’

विदेशमन्त्री वाङले एक चीन नीतिको चुनौती दिने कुनै पनि गतिविधिको सबै देशले विरोध गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर