फक्सवागनले ल्यायो आकर्षक एक्सचेन्ज अफर

नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रा. लि. ले शुक्रबारदेखि ‘फक्सवागन मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ।

आफूसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि शुक्रबारदेखि लागू हुनेगरी देशव्यापी रूपमा एक्सचेन्ज अफर ल्याएको हो।

सो एक्सचेन्ज योजनामा ग्राहकहरूले आफ्नो कुनै पनि ब्राण्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी लिन सक्ने कम्पनीले जनाएको छ।

अपग्रेडको खोजीमा रहेका फक्सवागनका पुराना ग्राहकहरूले समेत आफ्नो पुरानो फक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरूसमेत पाउनेछन्। यसका साथै योजना अवधिभर ग्राहकहरूले विभिन्न अतिरिक्त सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन्।

सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको सबैभन्दा राम्रो एक्सचेन्ज मूल्यांकन प्रदान गरिने र सो मूल्यांकन ४८ घण्टाको लागि मात्र मान्य हुने जनाइएको छ। साथै ५० हजार सम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ।

यसका साथै कम्पनीले एक रोमाञ्चक अफर पनि घोषणा गरेको छ जसअनुसार नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरूममा आउने ग्राहकहरूमध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा स्टेकेशन जित्न सक्नेछन्।

हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, टाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन्।

फक्सवागनको गाडीहरू १ वर्ष वा १५ हजार किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरूको समय बचाउन मद्दत गर्दछ, २ वर्षको अनलिमिटेड केएम वारेन्टी र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको छ। नेपालभर फक्सवागनका १० वटा शोरूम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन्।

पूजा इन्टरनेशनल नेपाल प्रा. लि. ले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्रीवितरण गर्दै आएको छ।

अतुलनीय स्टाइल, आराम र विलासिताको साथै सुरक्षा मापदण्डका हिसाबले उत्कृष्ट निर्माण भएका कारण नेपालमा बिक्रीवितरण सुरु भएदेखि नै फक्सवागन नेपाली कार पारखीहरूका बीचमा निकै लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर