आम निर्वाचनमा चुनावी तालमेल गर्ने गठबन्धनमा सहमति

मंसिर ४ गतेका लागि एकै चरणमा गर्ने तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारूढ पाँच दलले चुनावी तालमेल गर्ने भएका छन्।

शुक्रबार बसेको सत्तारूढ पाँच दलका शीर्ष नेताहरूको बैठकले हाल कायम गठबन्धनलाई आम निर्वाचनसम्मै कायम गरी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको हाे।

चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली काग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

‘पाँचदलीय गठबन्धन बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरी अघि बढने निर्णय गर्‍यो। चुनावी तालमेलको निम्ति फेरि बैठक बस्छ, छलफल गर्छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्ने, न्यायपूर्ण गर्ने विषयमा वृहत् रूपमा सहमति भएको छ। यसलाई गम्भर छलफल गरेर अघि बढाउँछौं।’

उनले त्यसका लागि कार्यदल पनि बन्ने बताए।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा उनकै निवासुमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर