सवारी लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

दुई पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा (ट्रायल)मा नक्कली परीक्षार्थी बनेर अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई बिहीबार दिउँसो पक्राउ परेका हुन्।

भक्तपुरकाे मध्यपुरठिमी नगरपालिका–९ राधेराधेस्थित इजी वे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षामा ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

उनका सम्बन्धमा थप अनुसन्धान भइहरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर