क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्।

काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–१ घर भएकी ४७ वर्षीया छिरिङ डोमा शेर्पा शुक्रबार दिउँसो पक्राउ परेकी हुन्।

एक पुरुषलाई वर्किङ भिसामा क्यानडा जानको लागि १४ लाख रुपैयाँ लाग्छ भन्दै ७ लाख लिएर सम्पर्कविहीन बनेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौंको गोकर्णेश्वर, अत्तरखेलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले ती पुरुषलाई क्यानडाको एक प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र त्यहाँ काम गर्दा मासिक २ लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेकी थिइन्।

पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर