बाग्लुङका प्रहरी प्रमुख एसपी ज्ञवाली सम्मानित

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवाली सम्मानित भएका छन्।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन महत्त्वपूर्ण भूूमिका खेलेको भन्दै बाग्लुङका प्रमुुख जिल्ला अधिकारी रमेश ढकालले केही दिनअघि प्रशंसापत्र प्रदान गरेर उनलाई सम्मान गरेका हुन्।

एसपी ज्ञवालीले स्थानीय तहको निर्वाचनमा आफू र मातहतका सकल दर्जाबाट शान्ति सुव्यवस्था कायम गर्न कुशलता एवं इमानदारितापूर्वक निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको प्रजिअ ढकालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर