नुवाकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प, ७२ सालकै पराकम्प

नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान ५.३ म्याग्नेच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ५ बजेर २६ मिनेटमा गएको हाे ।

भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकामासमेत महसुस गरिएको थियो। यसअघि गत साउन १५ गते खोटाङको मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्प २०७२ सालकाे भूकम्पकाे नभइ नयाँ रहेकाे भूकम्पविद्ले बताएका थिए । तर, शनिबार गएकाे भूकम्प भने ०७२ कै भूकम्पकाे पराकम्प भएकाे भूकम्पिवद्ले बताएका छन् ।

विज्ञहरूले ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरहने केन्द्रले जनाएको छ ।
त्यस्तै गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर