‘ताइवानको विषयमा अमेरिका-चीनबीच युद्ध हुनसक्छ’

चीनका एक वरिष्ठ अधिकारीले ताइवानको विषयमा रहेको मतभेद उचित रूपमा व्यवस्थापन नगरिए चीन-अमेरिकाबीच युद्धको संभावना रहेको बताएका छन् ।

‘चीन-अमेरिकाबीच द्वन्द्व वा युद्ध गराउन सक्ने थोरै विषयमध्ये एउटा ताइवान हो,’ वासिङगटनस्थित चिनियाँ दूतावासका मिनिस्टर जिङ चुआनले शुक्रबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा भने ।

विषयको गाम्भीर्यतालाई हेर्दै ताइवानको विषयमा थप सतर्कता र जिम्मेवारी बोध हुन आवश्यक रहेको उनले बताए ।

‘चीन-अमेरिकाबीच आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व, विवादबाट बच्ने र विन विन सहकार्य अमेरिका-चीनको सम्बन्धलाई उचित बाटोमा लैजान्छ,’ उनले भने,  ‘यसका लागि दुवै पक्षको संयुक्त प्रयास हुनुपर्छ ।’

चिनियाँ अधिकारीहरूले अमेरिकाले ‘एक चीन नीति’बाट कमजोर बनाएको बताएका छन् । अमेरिकाले सन् १९७९ मा ताइवानसँग सम्बन्ध तोडेर बेइजिङसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको थियो । तर, ताइवानसँग राजनीतिक तथा सैनिक सम्बन्ध अनौपचारिक सम्बन्ध भने कायम रहेको थियो । पछिल्लो समय विस्तार गर्दै लगेको थियो ।

चीन-अमेरिकाबीचको सम्बन्ध न्यून बिन्दुमा पुगेको समयमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि उत्कर्षतर्फ अघि बढेको छ । अमेरिकाले यसअघि पनि सांसदहरूले ताइवानको भ्रमण गरेको भन्दै सभामुखको भ्रमणलाई तनावको विषय बनाउन नहुने बताउँदै आएको छ । तर, चीनले ताइवानलाई घेराबन्दी गर्दै चीनले बिहीबारबाट ५ दिने युद्ध अभ्यास सुरु गरेको छ । जसमा चिनियाँ सेनाले लाइभ फायर अभ्यासमा क्रममा ताइवानको माथिबाट क्षेप्यास्त्र प्रहार गरेका छन् ।

याे ताइवान क्षेत्रमा चीनले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यास भएको बताएको छ । पेलोसीको भ्रमणले चीन-अमेरिका सम्बन्धको राजनीति जगमै प्रहार गरेको बेइजिङले बताउँदै आएका थिए । चीनले पेलोसीको भ्रमणलाई ‘पागलपूर्ण’ भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर