निलम्बित प्रधानन्यायाधीश जबरामाथिको महाभियोगबारे आइतबारदेखि संसद्मा छलफल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगबारे आइतबारदेखि संसद्मा छलफल हुने भएको छ।

संघीय संसद् सचिवालयले आइतबार बस्ने प्रतिनिधि सभा बैठकबारे प्रकाशन गरेको कार्यसूचीमा जबरामाथिको महाभियोग प्रस्तावमा छलपल हुने उल्लेख छ।

कार्यसूचीको बुँदा नम्बर ४ मा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने लेखिएको छ।

गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोग दर्ता भए पनि उनी निलम्बनमा छन्। त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको थिएन।

साथै आइतबारको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर