कपिलवस्तुका सांसद साह र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपाली कांग्रेसका युवा नेता एवं कपिलवस्तुका संघीय सांसद अभिषेकप्रताप साहले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा युवा नेता अभिषेकप्रतापसँगै कांग्रेसकै अर्का युवा नेता राजेश ज्ञवाली र कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप साहले प्रधानमन्त्री देउवालाई भेटेका हुन्।

भेटवार्तामा कपिलवस्तुको विकास र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल भएको थियो। साे क्रममा आगामी निर्वाचनमा कपिलवस्तुबाट कांग्रेस विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरे।

कृष्णनगर नगरपालिकाका मेयर रजतप्रतापले कृष्णनगरको विकासका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए। उनले कृष्णनगरमा व्यवस्थित बसपार्क निर्माण, ढल निकास र सडक सञ्जाल विस्तारमा सहयोग गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरे।

नेपाली काग्रेस कपिलवस्तुका युवा नेता ज्ञवालीले कपिलवस्तु कांग्रेसका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए। कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युवा नेता ज्ञवालीले प्रधानमन्त्री देउवालाई आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *