नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम र महेन्द्र

नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव चयन भएका छन्।

शनिबार ललितपुरमा बसेको पार्टीकोे बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो। पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली छ।

बैठकले पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर साहलाई चयन गरेको छ भने महासचिवमा रमेश यादवलाई चयन गरेको छ।

बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ।

प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बाग्मतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर