‘नेपाललाई फाइदा नभएको कारण बीआरआई सम्झौता गोप्य राखियो’

चीनको महत्वकाक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता नेपाललाई फाइदाजनक नभएको कारण गोप्य राखिएको राजधानीमा आयोजित एक कार्यक्रममा बताइएको छ ।
राष्ट्रिय एकता अभियानले शनिबार काठमाडौमा आयोजना गरेको ‘बीआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद ?’ विषयक गोष्ठीका वक्ताहरुले नेपाललाई फाइदा नभएको कारण गोप्य राखिएको बताएका हुन् ।
नयाँ वानेश्वस्थित अल्फा हाउसमा आयोजित गोष्ठिमा बुद्ध छिरिङ मोक्तान, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य बिनोद गुरुङ, जनता समाजवादी पार्टीका नेता कमल यादब, अधिवक्ता किरण पौडेल, अभियानकी केन्द्रिय उपाध्यक्ष सुनिता साहलगायतले विआरआई नेपालका लागि घातक हुने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै अभियानका अध्यक्ष विनय यादवले बीआरआई नेपालीको लागि फाईदाजनक नरहेकै कारण सरकारले त्यस सम्वन्धि सम्झौता गोप्य राखेको वताए।
नेपाल–चीन दुइ देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) समझौता नेपाललाई ऋणमा डुवाउने चीनको षडयन्त्र भएको वताए । मधेसी आयोगकी सदस्य रेनुदेवी साहको प्रमुख अतिथि रहेकी थिइन् ।
के हो विआरआई
सन् २०१३ मा सि जिनफिङ चीनको राष्ट्रपति भएपछि उनको नेतृत्वको सरकारले विश्व विकास रणनीतिको निम्ति वेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणा प्रस्तुत गरेको थियो। २००० वर्ष अघिको ऐतिहासिक रेशमी मार्गलाई वर्तमान यूगको विचार, प्रविधि, र साँस्कृतिक आवश्यक्तासंग मेलखाने गरी उच्च तहमा विकास गर्ने, सम्बन्धित राष्ट्रहरु एकसाथ विकास, सहअस्तित्व र साँस्कृतिक उत्थानमा सहभागि हुने महत्वाकांक्षी परियोजना हो, विआरआइ ।

खासगरी आधुनिक सडक, रेल, जल र हवाइ यातायात, सञ्चार, उर्जा, लगायत पूर्वाधार क्षेत्रको विकास, आपसी व्यापार, लगानी र साँस्कृतिक उत्थानका विषयहरु विआरआईले समेटेको छ । यस अन्तरगत विश्वको कुल ३० प्रतिशत जिडिपि, ६२ प्रतिशत जनसंख्या र ७५ प्रतिशत पहिचान भएको उर्जाको श्रोत रहेको छ । सम्बन्धित देशहरु र अन्तर्राष्ट्रिय संस्थाहरुले एकसाथ काम गरेर सन् २०४९ सम्म परियोजना सम्पन्न गर्ने लक्ष रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर