![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार](https://www.pardafas.com/wp-content/uploads/2022/08/Uddhar.jpg)
सशस्त्र प्रहरीले बाटो हिँड्ने क्रममा चिप्लिएर भिरमा खसी अड्केका एक जनाको सकुशल उद्धार गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका सोही जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पाको शनिबार सकुशल उद्धार गरिएको हो ।
गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल खसेका शेर्पा मेलम्ची खोलामाथिको भिरमा अड्किएका थिए ।
सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेस मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको संयुक्त टोलीले उनको उद्धार गरेको हो ।
प्रतिक्रिया