जगदीप धनखर बने भारतकाे नयाँ उपराष्ट्रपति

पश्चिम बंगालका पूर्वगभर्नर जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा उनी विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई ३४६ मतले पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। धनखरले ५२८ मत ल्याएर विजयी हुँदा पराजित अल्भाले १८२ मत प्राप्त गरिन्।

१६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। खसेकोमध्ये १५ मत बदर र ७१० मत सदर भएको थियो।

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई अपराह्न ५ बजे सकिएको थियो।

बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो।

यसअघि सत्तारूढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर