अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

अवैध रूपमा लुकाइछिपाइ बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्राहरूसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतीय नागरिक राहदानी नम्बर जेड५५६५७१५ वाहक ४३ वर्षीय अंकुर घनसे शनिबार दिउँसो पक्राउ परेका हुन्।

फ्लाई दुबईको उडानबाट काठमाडौंदेखि दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाएर लैजान लागेको मुद्रा फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याको स्टर्लिङ बरामद गरेको छ ।

उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर