यस रेमिटको लाइसेन्स खारेजीबारे राष्ट्र बैंकले माग्याे उजुरी

नेपाल राष्ट्र बैंकले काठमाडौं महानगरपालिका–२६, लैनचौरस्थित यस रेमिट प्रालिले आफ्नो विदेशी मुद्रा कारोबारसम्बन्धी इजाजतपत्र रद्द गर्न दिएको निवेदनउपर उजुरी आह्वान गरेको छ।

यस रेमिटले विप्रेषणसम्बन्धी कारोबार गर्न प्राप्त गरेको आफ्नो इजाजतपत्र रद्द गर्न भनी पेस गरेको निवेदनउपर राष्ट्र बैंकले ३५ दिने सूचना जारी गरेर उजुरी माग गरेको हो।

राष्ट्र बैंकले सो कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए भदौ २५ गतेभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी गराउन भनेको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त नभए कम्पनीको विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेन्टीसमेत फुकुवा हुने सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले जारी गरेकाे सूचना :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *