सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी दिने युवक पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा नक्कली पार्श्वचित्र बनाई लाइभ स्ट्रिमिङमार्फत आपत्तिजनक अश्लीलता प्रदर्शन गरेको आरोपमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३, टाँकुका २९ वर्षीय मोहन कुँवरलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ईलाका प्रहरी कार्यालय गोरुसिङे, कपिलवस्तुको सहयोगमा बिहीबार पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट शुुक्रबार पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको रायले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *