पोखरामा एटीएम मेसिन फुटाएर पैसा चोरीका घटनामा अस्वाभाविक वृद्धि, थप एक जना पक्राउ

कास्कीको पोखरामा एटीएम मेसिन फुटाएर पैसा चोरीका घटना अस्वाभाविक रूपमा बढेको छ। एटीएम मेसिन फुटाएर पैसा चोरी गर्न खोजेको आरोपमा प्रहरीले आइतबार थप एक जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको एनआईसी एशिया बैंकको एटीएम फुटाएर पैसा चोर्न खोजेको आरोपमा पर्वतको कुश्मा नगरपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्णबहादुर विक पक्राउ परेका हुन्।

प्रहरीका अनुसार एटीएम फोर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। उनीमाथि जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

उनी यसअघि माछापुच्छ्रे बैंकको एटीएमबाट पैसा चोरेको आरोपमा कास्की जिल्ला अदालतबाट तोकिएको कैद भुक्तानी गरी छुटेकोसमेत प्रहरी अभिलेखबाट देखिएको छ।

यसघि गत साउन ५ गते पोखरा महानगरपालिका–२६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको थियो। चोरी गर्ने व्यक्तिको हालसम्म पहिचान हुन सकेको छैन।

त्यसअघि गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो ।

साउन ८ गते पनि पर्साको वीरगञ्ज महानगरपालिका–८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ परेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *