सेनाका उपरथीहरुको सरुवा, सहायक रथी र महासेनानीमा बढुवा

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले प्रधानसेनापति प्रभुराम शर्मा विदेश भ्रमणबाट फर्के लगत्तै उच्च सैनिक अधिकारीहरुको जिम्मेबारी हेरफेर गर्नुका साथै केहीको बढुवा गरेको छ ।

जंगी अड्डाले तीनजना पुराना र एकजना हालै बढुवा भएका उपरथीहरुको सरुवा गरेको छ । यस्तै पाँचजना पुराना सहायक रथी र हालै बढुवा भएका पाँचजना सहायक रथी गरि १० जनाको सरुवा तथा पदस्थापन गरेको छ । यस्तै सातजना पालो अनुसार प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका छन् ।

सेनाले उपरथी ताराध्वज पाण्डेलाई सम्भारथी विभागबाट युुद्धकार्य महानिर्देशनालय, प्रदिपजंग केसी, डीजीएमआईबाट सम्भारथी र फोर्स कमाण्डरका रुपमा इजरायलमा कार्यरत रहेका निर्मलकुमार थापाको इन्टिलिजेन्स कोरमा सरुवा गरेको छ ।

यस्तै सहायक रथीबाट उपरथीमा बढुवा भएका सागर थापालाई कार्यरथी विभागको जिम्मेबारी दिइएको छ ।

सहायक रथीहरु गणेशकुमार श्रेष्ठ, सैनिक प्रशासन तथा व्यवस्थापन निर्देशनालय, पवनराज घिमिरे, राष्ट्रपतिको मुख्य सुरक्षा अधिकृत, प्रकाश देउजा, युद्धकार्य निर्देशनालय, शिशिर चन्द्र केसी उपत्यका कमाण्ड र सुन्दरकुमार पाण्डेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयको जिम्मेबारी दिइएको छ ।

हालै सहायक रथीमा बढुवा भएका शक्तिजंग बस्नेत, ९ नम्बर बाहिनीपति, महेशकुमार थापा २ नम्बर बाहिनीपति, भुवनपूर्ण सत्याल उपत्यका कमाण्ड र द्रब्यराम भण्डारी १३ नम्बर बाहिनीपति बनेका छन् ।

महासेनानी बढुवा सूचीमा रहेका ४७ मध्ये हाल सात जनाको बढुवा भएको छ । प्रमुख सेनानीबाट महासेनानी बढुवा हुनेहरुमा बरियता अनुसार अघि रहेका जीतबहादुर लामा, पंकज रावल, उमेश कार्की, जीवन कार्की, शितल बानियाँ, सुरेश आचार्य र अच्युतम भण्डारी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर