नेपाल आएका छत्तीसगढका भाजपा नेता सिसौडिया कांग्रेस नेतासँगको भेटघाटमा व्यस्त

भारतीय जनता पार्टी (भाजपा) छत्तीसगढका नेता भरतसिंह सिसौडिया नेपाल भ्रमणमा आएका छन्।

सिसौडिया  नेपालको पर्यटकीय सुन्दरताको आनन्द लिन आइतबार काठमाडौं आएका हुन्। यद्यपि उनी राजनीतिक भेटघाटमा पनि व्यस्त बनेका छन्, जसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भ्रमणका लागि नेपाल आएका सिसौडिया आहिले नेपाली कांग्रेसका शीर्ष नेताहरूसँंग भेटघाटमा व्यस्त रहेको स्रोतले जनाएको छ।उनले नेपाली कांग्रेसका युवा नेता एवं संसाद अभिषेकप्रताप शाह र अर्का युवा नेता राजेश ज्ञवालीसँग काठमाडौंमा आइतबार बेलुकाबाट भेटघाट र कुराकानीलाई तीव्रता दिएका छन्।

उक्त भेटवार्तामा भाजपा र नेपाली कांग्रेसको सम्बन्ध कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ।

सिसौडियाले पशुपतिनाथमा विशेष दर्शनसँगै पूजाआराधना गरेका छन्। उनलाई पशुपति क्षेत्र विकास कोषले विशेष पूजाको व्यवस्था गरेको थियो।

सिसौडियाले नेपाल केही दिन अझै बस्ने र नेपाल बसाइको क्रममा नेपालको पर्यटनको भरपुर आनन्द लिने बताएका छन्। उनले काठमाडौं भ्रमण सकेर पोखरा, स्याङ्जा हुँदै लुम्बिनीसमेत भ्रमण गर्ने बताएको नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *