हिरासतबाट भागेका बलात्कार आरोपी १५ दिनपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले प्रहरी हिरासतबाट भागेका जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई १५ दिनपछि पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय मोतीपुरले जबरजस्ती करणी आरोपमा बाँकेको खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँलाई पक्राउ गरेको थियो। पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।

उनी साउन ९ गते खाना खुवाउने समयमा ड्युटीमा रहेका सेन्ट्रीलाई झुक्याएर फरार भएका थिए। फरार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो १२ः१५ बजे बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरेको हो।

उनलाई पुनः हिरासतमा राखेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर