हुण्डीमार्फत कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले गैरकानुनी रूपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार नुवाकोटको ककनी–३ का नवराज ढुंगाना र फणिन्द्रप्रसाद ढुंगाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजंग पाण्डे र ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुंगानाविरुद्ध सोमबार मुद्दा दायर गरिएको हो ।

केही समय पहिले प्रहरीले नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको थियो ।
सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरीले अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो ।

विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारबाही गरी पाऊँ भन्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर