पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा एफबीआईको छापा

अमेरिकाको फेडलर ब्युरो अफ इन्भेटिगेसन (एफबीआई)ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापामा मारेको छ ।

राष्ट्रपतिका दस्तावेज खोज्ने क्रममा सो छापामारी भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

एफबीआईले ट्रम्पले फ्लोरिडा ल्याएको दस्तावेजमा केही गोप्य हुनसक्ने जनाएको छ । ट्रम्पले मार ए लागोमा छापामारी भएको पुष्टी गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै आफ्नो घरको सेफ पनि तोडिदिएको बताएका छन् । ‘फ्लोरिडा पाम बीचस्थित मेरो सुन्दर घर मार ए लागो अहिले ठूलो संख्यामा एफबीआईका एजेन्टले कब्जा गरेका छन्, छापा मारेका छन् र भरिभराउ भएका छन्’ विज्ञप्तिमा भनिएको छ ।

एफबीआईले छापा मार्दा पूर्व राष्ट्रपति ट्रम्प भने फ्लोरिडास्थित निवासमा नभएको बताइएको छ । स्थानीय समयअनुसार सोमबार बिहानै एजेन्टहरु खानतलासीका लागि ट्रम्पको निवासमा पुगेका थिए । उनीहरुले ट्रम्पको अफिस र आवास रहेको ठाउँमा खानतलासी गरेको बताइएको छ ।

सीएनएनकाअनुसार एफबीआईले खोजेको दस्तावेजमा २०२० को राष्ट्रपति निर्वाचनलाई उल्टाउन २०२१ जनवरी ६ मा आयोजना गरिएको बिरोध कार्यक्रम सम्बन्धी गोप्य कागजात खोजेको जनाएको छ । सो दिन अमेरिका संसदमा ट्रम्प समर्थकहरु प्रवेश गरेर तोडफोड गरेका थिए ।

यसअघि पनि अमेरिकी राष्ट्रपतिको सामग्रीहरुको संकलन र त्यसलाई वर्गिकरण गर्ने जिम्मेवारी पाएको नेसनल आर्काइभले सो घरबाट १५ बक्स सामग्री संलग्न गरेको थियो। जसमा केही गोप्य दस्तावेज पनि रहेका थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर