कीर्तिपुरमा एकाबिहानै लुटपाट

काठमाडौंको कीर्तिपुरमा मंगलबार बिहान अज्ञात समूहले डर–त्रास देखाएर नगद तथा गरगहना लुटपाट गरेको छ।

कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवी बस्ने ७५ वर्षीय नारायण बस्नेतको घरबाट अपरिचित व्यक्तिहरूले धारिलाे हतियार देखाएर लुटपाट गरेका हुन्।

प्रहरीका अनुसार उनीहरू बस्नेतको घरबाट दराजभित्र राखिएको नगद १ लाख ५० हजार रुपैयाँ, करिब २९ तोला सुन र ५ थान हिराका गरगहना लुटेर फरार भएका छन्।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *