निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छ : मन्त्री शर्मा

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काेइरालाले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचनसम्बन्धी कानुनको संशोधनका लागि सरकार तयार रहेको बताएका हुन् । उनले त्यस सन्दर्भमा निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताए ।

उनले लैंगिक समानता र समावेशिताको प्रतिकूल रहेको नेपालका कानुनहरूमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्दै निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र समावेशिताको अनुकूल नै कानुन परिमार्जन गर्ने सरकारको नीति रहेको स्पष्ट पारे ।

मन्त्री शर्माले नेपालको कानुनले समावेशीकरण र समानताको कुरालाई अंगीकार गरेकाले कानुनी व्यवस्थालाई लागू गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए । उनले महिलाहरूलाई समान रूपमा प्रतिनिधित्व गराउनका लागि दलीय संरचनाभित्र सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले सन् २०३० सम्म संघीय संसद्मा महिलाहरूको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ४२ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे । सरकारको लक्ष्यअनुरूप राजनीतिक दलहरू पनि प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर