नरदेवीबाट ७४ लाख नगद र २६ लाख रुपैयाँ बराबरका चेकसहित तीन जना हुण्डी कारोबारी पक्राउ

प्रहरीले ७४ लाख रुपैयाँ नगद र २६ लाख रुपैयाँभन्दा बढीको विभिन्न ब्यक्तिका नाममा काटिएका चेकसहित तीनजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजना भारतीय नागरिकसहित तीनजनालाई मंगलबार काठमाडौंको नरदेवी क्षेत्रबाट पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रहरीका अनुसार भारत राजस्थान शिखर जिल्ला देवथला घरभएर हाल अनामनगर बस्ने राजु अग्रवाल तथा उनका सहयोगी कर्मचारी समेतलाई स्रोत नखुलेको ५०० र १००० दरका नेपाली रुपैया चौहत्तर लाख रुपैयाँ तथा बिभिन्न व्यक्तिको नाममा काटिएका विभिन्न वित्तिय संस्थाका २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरका चेक सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा अग्रवालसहित सिन्धुपाल्चोक, मेलम्ची घर भएर काठमाण्डौ, जोरपाटी बस्ने रामहरी दुलाल र रौटहट, चन्द्रपुर घर भएर हाल काठमाण्डौं, चावहिल बस्ने सुदिप आचार्य रहेका छन् ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर