प्रधानमन्त्रीको सुरक्षा प्रमुखमा डीएसपी राठौर

प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि डीएसपी प्रतितसिंह राठौरलाई जिम्मेबारी दिएको छ । प्रधानमन्त्री विशेष सुरक्षा इकाइ बालुवाटारको प्रमुख रहेका डीएसपी कोमल शाहको एसपीमा बढुवा भएपछि सो पद रिक्त रहेको थियो ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय विशेष कार्यदलमा दरबन्दी भएका डीएसपी राठौरको मंगलबार प्रधानमन्त्री विशेष सुरक्षा इकाइमा सरुवा गरेको हो ।

यही इकाइले प्रहरीका तर्फबाट प्रधानमन्त्री देउवासहित उनका परिवारका सदस्य, उनको सरकारी आवास र कार्यालय परिसर समेतको सुरक्षा प्रवन्ध गर्नेगर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *