चितवन ३ बाट चुनाव लड्ने प्रचण्डको घोषणा

जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा हुने आमनिर्वाचनमा चितवन-३ वटै लड्ने घोषणा गरेका छन् । राजधानी टोकियोमा मंगलबालेर आयोजना गरिएको अन्तर्क्रियामा अध्यक्ष प्रचण्डले सिराहा, धनुषा, गोरखा, रुकुम र कालीकोटबाट चुनाव लड्ने प्रस्ताव आएपनि चितवन-३ नै नछाड्ने बताए । कार्यक्रममा प्रचण्डले चुनावमा आफूलाई सहयोग गर्न जापानमा रहेका नेपालीहरुलाई आग्रह गरेका थिए ।

‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ प्रचण्डले भने ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरूले पनि सहयोग गर्नुहोला ।’
शान्तिपूर्ण राजनीतिमा आएपछि भएका ३ वटै निर्वाचनमा भाग लिएका प्रचण्डले प्रत्येक चुनावमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन् । २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं र रोल्पाबाट प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा काठमाडौं र सिराहा चुनाव लडेका थिए । २०७४ सालको चितवनबाट प्रतिस्पर्धा गरेका थिए । भरतपुर महानगरपालिका सहितका पश्चिम चितवनका अधिकांश भूभाग रहेको निर्वाचन  क्षेत्र ३ प्रचण्डको गृह नगर पनि हो ।

२०७४ सालको भएको चुनावमा प्रचण्डले राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेलाई प्रचण्डले १० हजार मतान्तरले पराजित गरेका थिए । त्यस निर्वाचनमा  कांग्रेस र राप्रपा प्रजातान्त्रिकबीच चुनावी तालमेल भएको थियो । अध्यक्ष प्रचण्ड भने एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार रहेका थिए ।

‘मलाई चुनाव लड्नपर्‍यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटका साथीहरुले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ । साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु’ दाहालले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर