परराष्ट्रमन्त्री खड्का १३ सदस्यीय टोलीकाे नेतृत्वगर्दै चीनमा, आजबाटै उच्च तहको भेटघाट

परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा १३ सदस्यीय उच्चस्तरीय प्रनिनिधि मण्डल मंगलबार राति चीन प्रस्थान गरेको छ ।

चीन सरकारले चार्टर गरेको हिमालयन एयरलाईन्सको विमान चढेर खड्कासहितको टोली काठमाडौंबाट छेन्दुतर्फ लागेको हो।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा खड्कासहितको टोली चीन उडेको हो । बुधबार नै नेपाल र चीनका परराष्ट्रमन्त्रीहरुबीच वार्ता हुने बताइएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि पहिलो पटक चीनतर्फ भएको उच्चस्तरीय भ्रमण टोलीमा परराष्ट्र सचिव भारतराज पौड्याल,भौतिक तथा पूर्वाधार सचिव गोपाल सिग्देल, वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डे, अर्थका सहसचिव ईश्वरीप्रसाद अर्याल रहेका छन्। गृह सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्रका उपसचिवद्वय शिवानी बस्नेत र ललिता सिलवाल, परराष्ट्र मन्त्रालयकै शाखा अधिकृत बलिरामप्रसाद धामी, भुवन पौडेल र नायब सुब्बा तुलसीप्रसाद कोइराला भ्रमण टोलीमा रहेका छन्।

त्यस्तै चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख कौशलकिशोर रायसमेत भ्रमण टोलीमा रहेका छन्। गत मार्चमा चिनिया विदेशमन्त्री वाङले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *