अमेरिकाले विज्ञान तथा प्रविधिमा चीनको जित रोक्न २ खर्ब ८० अर्ब डलर लगानी गर्ने

अमेरिकी राष्ट्रपति जो बाडडेनले उच्च प्रविधि उत्पादन तथा वैज्ञानिक अनुसन्धानका लागि २ खर्ब ८० अर्ब अमेरिकी डलर लगानी गर्ने कानुनमा हस्ताक्षर गरेका छन् ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनभन्दा अघि रहेका लागि लगानी गर्न लागेको हो । यस्तो लागनीमा अमेरिकामा कम्प्युटर चिप उत्पादन गर्ने कारखानालाई कर छुट दिनेसहित व्यवस्थाहरु छन् ।

व्यापारिक संघसंस्थाहरुले लामो समयदेखि चीनमाथिको निर्भरता घटाउन सरकार थप सहयोग आवश्यक रहेको बताउँदै आएका थिए । माइक्रोचिप्सको बढ्दो विश्वव्यापी संकटलाई तत्काल समाधान गर्नका लागि आग्रह गरिदै आएको थियो ।

सत्तारुढ दल डेमोक्य्राटका शीर्ष सिनेटर चक समरले यो कानूनले आगामी शताब्दीसम्मका लागि अमेरिकाका नेतृत्व र समृद्धिलाई सुनिश्चित गरेको बताए ।

‘अधिनायकवादीहरु हामी गुमाउँदा हारको खुशियाली मनाएका थिए र हाम्रो केही गर्न नसक्ने आशामा थिए’ उनले भने, ‘तर चिप्स तथा विज्ञान एक्टले क्षितिजमा रहेको अर्को शताब्दीमा पनि अमेरिकी नेतृत्वलाई सुनिश्चित गरेको छ ।’

चिप उत्पादन गर्ने उद्योगमा लगानी गर्ने अमेरिका एउटा मात्रै देश भने होइन । यसै वर्षको शुरुमा युरोपेली संघले पनि कम्प्युटर चिप्सको उत्पादन बढाउनका लागि ४० अर्ब युरोको प्रतिवद्धता जनाएको थियो ।

चीनले पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानीलाई बढाएको छ । वासिंगटनस्थित चिनियाँ दुतावासले अमेरिकाको सेमिकण्डटर कानुनको विरोध गरेको छ । सो कानूनले ‘शीतयुद्धकालीन मानसिकता’ देखाएको जनाएको छ ।

त्यसैगरी चिप लगानी सम्बन्धी कानुनले रोबोटिक्स र वायरलेस सञ्चार प्रविधिसहित विषयमा दुई खर्ब अमेरिकी डलर त्यसतर्फ लगानी पुर्‍याउन नेसनल साइन्स फाउन्डेसनसहितका सरकारी नियोगहरुलाई निर्देशन दिएको छ ।

अमेरिकी राष्ट्रपनि बाइडेनले एक पुस्तामा एक पटकको लगानी भएको बताए । उनले यसले अमेरिकी अर्थतन्त्रको वृद्धि गर्न थालिसकेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर