सशस्त्रद्वारा ट्रकमा लुकाएर भारत लैजान लागेको १४३ किलो गाँजा बरामद

पर्साबाट सशस्त्र प्रहरीले १४३ किलो गाँजा बरामद गरेको छ । मंगलबार राति ११ बजे ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीबाट गाँजा बरामद भएको हो ।

पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तरतिर बहुअरी चोकमा रोकिराखेको यूपी७५एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्साबाट खटिएको ७ जनाको गाडी मोबाइल टोलीले गाँजा बरामद गरेको हो । खानतलासीको क्रममा सवारी चालक क्याबिनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात् १४३ किलो गाँजा बरामद भएको सस्शत्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।

बरामद गरिएको ट्रक र प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर