चित्तलको मासुसहित सेनाद्वारा आठ जना पक्राउ

चित्तलको मासुसहित आठ जना पक्राउ परेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सुरुमा पट्रोलको क्रममा श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्ति चित्तलको मासुसहित पक्राउ परेका थिए । पक्राउ परेका उनलाई सोधपुछ गर्दा उक्त कार्यमा अरूको पनि संलग्नता रहेको खुलेपछि पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन गरी कारबाही गर्दा अन्य सात जना समातिएका हुन् ।

पक्राउ परेकाहरूकाे परिचय खुलाइएकाे छैन । उनीहरूको साथबाट जंगली जनावरको मासु ६३ केजी, भरुवा बन्दुक नाल २ थान, टीका बारुद १ प्याकेट खुँडा १ थान, खुकुरी ४ थान बरामद भएको छ ।

बरामद सामग्रीसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर