चीनको सीमा नजिकै भारत अमेरिकाले युद्ध अभ्यास गर्ने

भारत र अमेरिकाले चीन सीमा नजिकै युद्ध अभ्यास गर्ने भएका छन् । नेपालसँग पनि सीमा जोडिएको उत्तराखण्ड राज्यको उच्च भूभागमा दुवै देशका सैनिकहरुले युद्ध अभ्यास गर्न लागेका हुन् ।

अक्टोबर महिनाको १८ देखि ३१ तारिखसम्म युद्ध अभ्यास हुन लागेको अमेरिकी सेनाले जनाएको छ । अभ्यास बज्र प्रहार नाम दिइएकाे याे सैनिक अभ्यास भुमी युद्ध विशेष हुनेछ । याे अभ्यासकाे १३ औं संस्करण हो ।

भारत र अमेरिकाका सैनिकहरुबीच प्रत्येक वर्ष युद्ध अभ्यास हुँदै आएको छ । यसवर्षको युद्ध अभ्यासले भने बेइजिङको ध्यानाकर्षण हुने अनुमान गरिएको छ ।

दुवै देशबीचको युद्ध अभ्यास नयाँ नभएपनि स्थान, प्रकृति र समय सबैको भूराजनीतिक महत्व छ । अमेरिका सेनाले यसपटकको अभ्यास चिसो मौसमलाई लक्षित गर्दै आयोजना गरिएको बताएको छ । भारतीय सञ्चार माध्मयहरुले युद्ध अभ्यास ३ हजार मिटरको उचाईमा आयोजना हुने बताएका छन् ।

नन्दादेवी पर्वत नजिकैको औली क्षेत्रमा अभ्यास हुने बताइएको छ । सो स्थानमा भारत र चीनबीचको सीमा रेखा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)बाट १ सय किलोमिटर मात्रै टाढा रहेको छ ।

यसअघि पनि उत्तराखण्ड राज्यमा भारतले युद्ध अभ्यास २०१४, २०१६ र २०१८ मा गरेपनि एलएसीभन्दा ३ सय किलोमिटर पर मात्रै भएको थियो । गत वर्ष यो दुवै देशका सैनिकहरुले अलास्काको उच्च भूभाग, चिसो मौसममा अभ्यास गरेका थिए । यो सैनिक अभ्यास चीनका लागि चासोको विषय हुने छ ।

चीनले दबाब सिर्जना गर्दा अमेरिकालाई नयाँ फ्रन्टको रुपमा यसले काम गर्ने विज्ञहरुले बताएका छन् । यो युद्ध अभ्यासमा अमेरिकाको संलग्नता चीनका लागि चासोको विषय हो ।

भारत चीनका सैनिकबीच झडप भएको पूर्वी लद्दाखको गलवान क्षेत्र नजिकै यो अभ्यास हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *