लगानी बोर्डले बुझायो कार्यसम्पादन प्रतिवेदन, १ खर्ब २२ अर्ब लगानी स्वीकृत

लगानी बोर्डले आफ्नो आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवासमक्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार कार्यसम्पादन प्रतिवेदन पेस गरेका हुन् ।

२०७८ को साउनमा गत आव २०७८/०७९ को लागि ४२ वटा क्रियाकलापमा मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार गरिएको थियो । जसमध्ये लगानी बोर्डका चार प्रमुख रणनीतिक खम्बालगायत सबै सूचक पूरा भएका छन् । गत आवमा १ खर्ब २२ अर्बभन्दा बढी लगानी स्वीकृत भएको छ ।

व्यावसायिक योजनासहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको छ । लगानी बोर्डको परियोजना बैंकसम्बन्धी मार्गदर्शन तयार भएको र परियोजनाको अनुगमन ड्यासबोर्डसमेत तयार भएको बोर्डले जनाएको छ ।

त्यस्तै पश्चिमसेती तथा सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास ढाँचासम्बन्धी अध्ययन कार्य सम्पन्न, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थपसम्बन्धी अध्ययन कार्य सम्पन्नसमेत भएको छ ।

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न उपलब्ध प्रविधिहरूको तुलनात्मक विश्लेषणसम्बन्धी अध्ययन प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ । बोर्डले बुझाएको कार्यसम्पादन प्रतिवेदन लिँदै प्रधानमन्त्री देउवाले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत् भइरहेका कार्य र उपलब्धिको प्रशंसा गरे ।

उनले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न गर्नुपर्ने सुधारको लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर